अङ्कित मूल्य एक सय रूपैयाँमै पाइने आईपीओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै गएको छ।
डिम्याट खाता खोल्नेहरू पनि बढिरहेका छन्। डिम्याट खाता खोल्नेको सङ्ख्या जेठ १२ गतेसम्म ५६ लाख ८० हजार १ सय ८८ पुगेको छ। जसमा ४७ लाख बढीले मेरो शेयरमार्फत आईपीओमा आवेदन दिने गर्दछ ।
अहिले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि १३ कम्पनी पाइपलाइनमा छन्। साथै आईपीओ निष्काशन गर्नको लागि तयारीमा ७० भन्दा बढी कम्पनीहरु रहेका छन् ।
आईपीओ निष्काशनपछि कम्पनीहरु दोश्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत हुने गर्दछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत हुने कम्पनीको सङ्ख्या २२३ पुगेको छ ।





