२१ महिनामा लगानीकर्ताको सवा १६ खर्ब गुम्यो
उत्पादनमूलक कम्पनीको कार्यप्रदर्शन कमजोर
काठमाडौँ — विगतमा कसिलो नीतिगत व्यवस्था, तरलता अभाव, उच्च ब्याजदरलगायत कारण ओरोलो लागेको सेयर बजारको घट्ने दर पछिल्ला दिनमा कम भएको छ । यसलाई विश्लेषकहरूले सकारात्मक संकेतका रूपमा हेरेका छन् ।
उच्च विन्दुको तुलनामा सेयर कारोबार मापक नेप्से परिसूचक झन्डै १४ सय अंकले घटिसकेको, वित्तीय प्रणालीमा तरलता अवस्थामा सुधार भएको, ब्याजदर घट्न थालेको लगायत कारण अब बजारमा सुधार आउने उनीहरूको अनुमान छ । यस स्थितिमा आउन लागेको बजेटले पुँजीबजारमैत्री नीति लिन्छ वा लिँदैन भन्नेमा समग्र पुँजी बजार प्रतिक्षामा देखिन्छ । ...





