गत जेठ २ गतेदेखि सोल्टी होटलको सेयर मूल्य लगातार बढिरहेको छ।
दुई सय ५७ रूपैयाँमा कारोबार भइरहेको होटलको मूल्य यो सात दिनमा २०.२३ प्रतिशतले बढेर तीन सय ९ रूपैयाँ पुगेको छ।
पर्यटक आगमनमा भएको उल्लेख्य सुधारको कारण कोभिड कालिन अवस्थामा समस्यामा परेको होटेल व्यवसाय पुनरोत्थान भइरहेको छ।
मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७०३ सम्म पर्यटकहरू नेपाल भ्रमणमा आएका छन्। मासिक ५० हजारबाट यो संख्यामा लगभग दोब्बरले वृद्धि भइरहेको छ। होटेलहरूको कोठा भरिभराउ भएको (अकुपेन्सी बढेको) छ।






