काठमाडौं : नेपाल रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ६ करोड २९ लाख ८५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (जेठ ११ गते) बिहान १०.१० बजेसम्म १८ हजार ८१९ जनाले ६ लाख २९ हजार ८५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४४ गुणा बढी आवेदन हो ।
नेपाल रिपब्लिक मिडियाले वैशाख ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको हो । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा जेठ १४ गतेसम्म आइपीओमा आवेदन दिनसक्नेछन् ।






