अब शेयर बजार माथि उक्लिन थालेको हो ? तथ्यहरुले यसो भन्छ


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अब शेयर बजार माथि उक्लिन थालेको हो ? तथ्यहरुले यसो भन्छ

शेयर भनेको यस्तो बजार हो, जहाँ खरिदकर्तालाई आफूसँग भएको पैसाले फरकफरक कम्पनीको शेयर किनेर त्यो कम्पनीको मालिकसम्म बन्न , उद्यमीहरूलाई पूँजी जुटाउन र देशको अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण कार्य गर्दछ। शेयर बजार धेरै देशहरुमा रहेको छ । नेपालमा पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को नामबाट शेयर बजार चलेको छ । 

जसमा धितोपत्रको व्यापार हुन्छ । नेपालको स्टक एक्सचेञ्जमा फरकफरक सेक्टरहरु छन् । जस्तै बैंकिङ, वित्त, होटल, पर्यटन, जलविद्युत, लगानी सूचकाङ्क, जीवन बीमा, निर्माण र प्रशोधन, लघुवित्त, म्यचुअल फण्ड, निर्जीवन बीमा, अन्य सूचकाङ्क, ट्रेडिङ् सूचक छन् । जसभित्र आजको दिनमा २२३ वटा इक्वीटी कम्पनीहरु छन् । अहिले शेयर बजार देशको मेरुदण्ड नै बनिसकेको छ । 

यसले देशको आर्थिक गतिविधिको आवस्था झल्काउँछ । यो बजारमा लगानी गर्न धेरै पैसा हुनु पर्दैन । आफूले कमाएको पैसाबाट थोरैथोरै पैसा बचाएर लगानी गर्दै गयो भने कम्पाउन्डिङ ९अयmउयगलमष्लन० भएर यसले राम्रो प्रतिफल दिन्छ । वारेन बफेटका अनुसार तपाइँको लगानी जति बढी समय बस्छ, त्यसले कम्पाउन्डिङको ठूलो शक्ति प्राप्त गर्नेछ। 

Read More
  • EBL Ad news