सेयर बजारमा स्थिर सरकारको प्रभाव : मोदी सरकारको ९ वर्षमा ४४ वटा स्टकले दिए १,०००% बढी प्रतिफल, ६ रुपैयाँको सेयर २ हजारसम्म पुग्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा स्थिर सरकारको प्रभाव : मोदी सरकारको ९ वर्षमा ४४ वटा स्टकले दिए १,०००% बढी प्रतिफल, ६ रुपैयाँको सेयर २ हजारसम्म पुग्यो

काठमाडौं : प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारतको सत्तारुढ सरकारले केही महिनापछि नै आफ्नो दोस्रो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दैछ । पछिल्लो ९ वर्षमा मोदीले स्वदेशी मात्र होइन विदेशी लगानीकर्तामा पनि कस्तो प्रभाव पारेका छन् भन्ने कुरा भारतीय सेयर बजारको प्रदर्शनमा प्रष्ट देखिन्छ । प्रधानमन्त्री मोदीले सन्  २०१४ को मे २६ देखि भारतको नेतृत्व सम्हाल्दै आएका छन् ।

त्यसबेला भारतको प्रमुख सेयर बजार सूचक सेन्सेक्स २४ हजार विन्दुको लाइनमा रहेको थियो । जुन अहिले ६१ हजार विन्दुमा रहेको छ । यसबीचमा भारतीय सेयर बजार इतिहासकै उच्च ६३ हजार विन्दुसम्म पुगेको थियो । मोदीको ९ वर्षको कार्यकालमा भारतीय सेयर बजारमा विदेशी संस्थागत लगानीकर्ता र स्वदेशी लगानीकर्ता दुवैबाट इतिहासकै उच्च लगानी भित्रिएको छ ।

Read More
  • EBL Ad news