नेप्सेमा वृद्धि कायमै, कारोबार रकम भने घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा वृद्धि कायमै, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको कारोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १६.४९ अंकले बढेर एक हजार ९ सय ५९ दशमलब १२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५१.३१ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६३ विन्दुमा बन्द भएको  थियो ।

शेयरबजार बढे पनि कारोबार रकम भने घटेको छ । आज एक अर्ब ८७ करोड ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार दुई अर्ब २० करोड २३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १३१ कम्पनीको शेयरमूल्य बढेको छ भने ८३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ...

Read More
  • EBL Ad news