काठमाडौं : एसियाली सेयर बजारको प्रदर्शन मंगलबार मिश्रित देखिएको छ । जापान, चीन तथ हङकङको सेयर बजारमा गिरावट आएको छ भने कोरिया, अस्ट्रेलियालगायत बजारमा सुधार आएको छ । जापानको सेयर बजार ३३ वर्षयताकै उच्च विन्दुबाट तल झरेको छ । ८ दिन लगातार बढेर ३३ वर्षकै उच्च विन्दुमा पुगेको जापानको ‘निक्के २२५’ सूचक मंगलबार ०.४२% ले घटेको छ ।
यस्तै, जापानको अर्को ‘टोकियो स्टक प्राइस इन्डेक्स’ पनि ०.६६% ले घटेको छ । लगातार बढेको जापानको सेयर बजारमा नाफा बुक गर्नेहरु बढेपछि गिरावट आएको विश्लेषण गरिएको छ । यता, हङकङको ‘हाङ सेङ’ सूचक पनि मंगलबार १.२७% ले घटेको छ । चीनको ‘सांघाई कम्पोजिट’ र ‘सेन्चेन कम्पोजिट’ पनि क्रमश १.५२% र १.०३% ले घटेका छन् ।






