नेप्से परिसूचक बढ्ने क्रमले साेमबार पनि निरन्तरता पाएकाे छ। सेयर बजार लगातार बढेर बन्द भएकाे आज पाँचाै दिन हाे।
गत मंगलबारदेखि बढ्ने क्रममा रहेकाे सेयर बजारकाे गतिले साेमबार पनि निरन्तरता पाएकाे छ।
सोमबार नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको छ।
सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब २७ करोड ४ लाख ८७ लाख ४ हजार ७२६ रुपैयाँमा सीमित भएको छ।






