नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य अधिकतम बिन्दुबाट करिब ४० प्रतिशत घटेको छ । २०७८ भदौमा ३२०० अंक नाघेको सूचक अहिले १९०० अंक मुनि झरेको छ । मूल्य बढ्ने वातावरण बनाउन लगानीकर्ताले सरकारी निकायहरूलाई दबाब दिइरहेका छन् ।
सेयरको मूल्य बढेर मात्र सेयरधनीलाई फाइदा हुने हो ? सरकारी निकायले मूल्य बढ्ने वातावरण बनाइदिन्छन् ? सेयरको मूल्य बढेर पहिलेभन्दा माथि पुग्छ ? यदि बढेन वा बढे पनि पहिलेभन्दा माथि पुगेन भने के गर्ने ?
नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जामा १ सय ५० प्रतिशत जोखिम भारित सम्पत्ति हुनुपर्ने व्यवस्था गरेको छ । यसलाई घटाएर १ सय प्रतिशत वा सोभन्दा केही कम गर्न सक्छ । एक व्यक्तिले १२ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा लिन नपाउने व्यवस्था छ । यो पनि संशोधन गर्न सक्छ । ...






