एभरेष्ट बैंकको इटहरी शाखाका निक्षेपकर्ताको खाताबाट अनाधिकृतरुपमा डेढ करोड बढी रकमान्तर गरिएको घटनाले नयाँ रुप लिएको छ। बैंककै जाहेरीमा पक्राउ परेका इटहरी शाखाका अप्रेसन इन्चार्ज नीरज प्रधानसँगको अनुसन्धानबाट नयाँ तथ्य फेला परेको हो।
बैंकले चैत २२, २०७९ मा दिएको जाहेरीका आधारमा पक्राउ परेका इटहरी शाखाका अप्रेसन इन्चार्ज नीरजसँगै यस घटनामा उक्त शाखाका अन्य कर्मचारीहरु पनि संलग्न रहेको आरोपमा थप कर्मचारी पक्राउ परेका हुन्।







