महालक्ष्मी विकास बैंकको वार्षिकोत्सव सम्पन्न


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकको वार्षिकोत्सव सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकको २९ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार गतेदेखि बैंक ३० औँ वर्षमा प्रवेश गरेको हो । यस अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्नुका साथै २९ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीहरुको संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता र्याली, सम्पूर्ण शाखा कार्यालयहरुमा केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २ लगायत विभिन्न कार्यक्रमहरुको आयोजना गरी २९ औँ वार्षिकोत्सव मनाईरहेको छ । 

बैंकले वार्षिकोत्सवको अवसरमा २९ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रिय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेष्ठ ५ गते, शुक्रबार बिहान ११ः३० देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

Read More