सांग्रिला डेभलपमेन्ट बैंक र  चिरायु नेशनल हस्पिटल बिच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंक र  चिरायु नेशनल हस्पिटल बिच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि .” बिच बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा आज मिति २०८०।०२।०७ का दिन हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी  अधिकृत श्री सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि को तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि ले बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका Bed charge, Diagonistic Procedure,Pharmacy and Health package सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्नेछ । स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहक महानुभावहरुलाई १५ प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ। 

Read More
  • MBL - below news