अरुण भ्याली हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको पूर्वस्वीकृति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अरुण भ्याली हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको पूर्वस्वीकृति

काठमाडौं : अरुण भ्याली हाइड्रोपावरले १००% हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । आयोगको शुक्रबार जेठ ५ गतेको बैठकले हकप्रद बिक्री गर्न स्वीकृति दिने निर्णय गरेको हो । अब अरुण भ्यालीले हकप्रद सेयर प्रस्ताव साधारण सभामा लैजानेछ । साधारण सभाको अनुमोदन र बजार नियामक नेपाल धितोपत्र बोर्डको अनुमतिपछि मात्र हकप्रद सेयर जारी गर्नेछ । हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । 

कम्पनीले सोही पुँजीमा १००% हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ । यस्तै, बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ ।  

Read More
  • EBL Ad news