७ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य वृद्धि भएर बन्द भएको छ । दिनभरजसो उतार चढाव भइरहेको बजार ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा रोकिएको छ । आइतबार ०.३१ प्रतिशतले सेयर बजार बढेको हो ।
आइतबार २७२ धितोपत्रको ३४ हजार ३३१ वटा कारोबारबाट ४८ लाख २८ हजार ७७६ कित्ता सेयर किनबेच भएको छ । आइतबार कारोबार रकम १ अर्ब ६० करोड रुपैयाँको भएको छ । उपसूचकहरुमा समेत मिश्रित नजिता आएको छ । आइतबार विकास बैंक, वित्त, जलविद्युत, उत्पादन र प्रशोधन उपसूचकको मूल्य घटेको छ । अन्य उपसूचक भने बढेका छन् ।






