आईपीओलाई ६ दिन नभई ३ दिनमा सूचीकृत गर्ने तयारी


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओलाई ६ दिन नभई ३ दिनमा सूचीकृत गर्ने तयारी

भारतिय शेयर बजारको नियामक निकाय सेक्यूरिटीज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) ले प्रारम्भिक निष्काशन (आईपीओ) सम्बन्धी ठूलो प्रस्ताव ल्याएको छ। सेबीले निष्काशन आईपीओ बन्द भएपछि स्टक एक्सचेञ्जमा शेयर सूचीकरणको समयसीमा घटाउने प्रस्ताव गरेको छ।

भारतमा हाल आईपीओ बन्द भएको ६ दिनभित्र शेयर सूचीकृत हुने व्यवस्था छ। सेबीले यो अवधि घटाएर तीन दिनको लागि प्रस्ताव गरेको छ। यसबाट आईपीओ निष्काशन गर्ने कम्पनी र लगानीकर्ता दुवैलाई फाइदा हुन्छ।

कारोबार गर्न हुन्छ सजिलो

सेबीको परामर्श पत्रका अनुसार सूचीकरणको समयसीमा घटाउँदा आईपीओ निष्काशनकर्ताले उठाएको पूँजीमा छिटो पहुँच पुग्नेछ। यसले व्यवसाय गर्न सहज हुनेछ। वर्षौंदेखि, सेबीले आईपीओ इकोसिस्टम भित्रका गतिविधिहरूलाई सुव्यवस्थित गर्न महत्त्वपूर्ण कदमहरू चाल्दै आइरहेको छ। यी प्रयासहरूले सूचीकरणको म्यादलाई टि प्लस ६ बाट टि प्लस ३ मा घटाउने बाटो खुलाएको छ।

सेबीले माग्यो राय

सेबीको परामर्श पत्रले निष्काशन बन्द भएको मिति र शेयर सूचीकरणको मिति बीचको समयावधि घटाउन सुझाव दिएको छ। प्रस्तावित परिवर्तनले सूचीकरणको समयलाई विद्यमान ६ दिनबाट घटाएर तीन दिन (टि प्लस ३) बनाउनेछ। यस प्रस्तावमा प्रतिक्रिया दिन सेबीले जुन ३ सम्म जनतासँग राय मागेको छ। आईपीओ मार्फत कम्पनीहरूले पहिलो पटक शेयर मार्फत पैसा उठाउँछन्। खुद्रा लगानीकर्ता अर्थात् साना लगानीकर्ताले आईपीओमार्फत बजारमा पैसा लगानी गर्छन्।

Read More
  • EBL Ad news