काठमाडौं : पछिल्लो समय सेयर बजारका जानकार तथा अग्रज लगानीकर्ताले बजारमा प्रवेश गर्ने समय आएको बताउने गरेका छन । उनीहरुले विभिन्न अन्तर्वार्ता तथा विभिन्न कार्यक्रममा बोल्दै बजार निकै तल झरिसकेकाले सेयर खरिद गर्न यो उचित समय रहेको बताएका हुन । ३२ सयको उच्च विन्दुबाट निरन्तरजसो झरेको नेप्से अहिले १९ विन्दु नजिक छ ।
बजार पछिल्ला केही दिनयता १८ सयबाट बढ्न सुरु गरेर करिब १ सय अंकको वृद्धि नजिक आएको हो । योसँगै अब सेयर खरिद गर्ने सही समय यही हो भने सामाजिक सञ्जालमा समेत हल्ला चल्न थालेको छ ।
खासगरी बैंकको सेयर धेरै तल झरिसकेकाले अबको फेज एकुमुलेसनको रहेको जानकार तथा विश्लेषकहरुको तर्क छ । त्यसो त, बजार बुल रनमा रहेको बेला प्रतिकित्ता ५ सय रुपैयाँ पर्ने बैंकहरुको सेयर अहिले २ सय रुपैयाँ हाराहारीमा छन् । अरु समूहका कम्पनीहरुको सेयर पनि त्यसैगरी झरेका छन । त्यसैले पनि बजारबाट सेयर उठाउने समय आएको हो कि भन्ने आँकलन लगानीकर्ताले पनि लगाउँन थालेका छन् ।





