काठमाडौं : अमेरिकी सेयर बजार ९ महिनायताकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी नीति निर्माताहरु सरकारको ऋणको सीमा बढाउने सहमति नजिक पुगेपछि बिहीबार सेयर बजार सकारात्मक बनेको थियो । ऋण ‘डिफल्ट’ को सम्भावना टर्ने देखिएपछि ‘एस एन्ड पी ५००’ सूचक र ‘नास्डाक कम्पोजिट’ सूचक विगत ९ महिनायताकै उच्च विन्दुमा पुगेका हुन् ।
एस एन्ड पी ५००’ सूचक बिहीबार ०.९४% ले बढेर ४,१९८ विन्दुमा पुगेको छ भने ‘नास्डाक कम्पोजिट’ सूचक १.५१% ले बढेर १२,६८८ विन्दुमा पुगेको छ । यी दुवै सूचक सन् २०२२ अगस्टयताकै उच्च विन्दुमा पुगेका हुन् । रिपब्लिकन सभामुक केभिन मेक्कार्थीले ऋणको सीमा बढाउने सहमति नजिक पुगेको र आगामी साता भोटिङको सम्भावना रहेको बताएपछि सेयर बजार सकारात्मक बनेको हो ।






