सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ शुक्रबार बिहान बाँडफाँड भएको हो ।
सिटी होटेलले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको थियो ।
कम्पनीको आईपीओमा ११ लाख ७ हजार २१६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९ ४० कित्ता शेयर छुट्याएको थियो ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ४ हजार ९९२ आवेदकको आवेदन रद्द भएको छ । १० लाख ८७ हजार ६७५ योग्य आवेदक कायम भएका थिए । यी मध्ये १ लाख ३५ हजार ५९४ आवेदकले सेयर पाएका छन् ।





