जापानको सेयर बजार सूचक ३३ वर्षयताकै उच्च विन्दुमा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जापानको सेयर बजार सूचक ३३ वर्षयताकै उच्च विन्दुमा

काठमाडौं : जापानको सेयर बजार सूचक ३३ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बुधबार जापानको ‘टोकियो प्राइस इन्डेक्स (टपिक्स)’ सन् १९९० अगस्टयताकै उच्च विन्दुमा पुगेको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको छ । टपिक्सले सन् २०२३ को हालसम्म १५% भन्दा बढी वृद्धि हासिल गरिसकेको छ । विदेशी लगानीकर्ताहरु पुनः जापानमा लगानीका लागि आकर्षित हुन थालेपछि सेयर बजारमा पनि रौनकता आएको हो ।

करिब २ हजार सूचीकृत कम्पनीहरु सम्मिलित यस सूचकले एसिया–प्रशान्त क्षेत्रका अन्य सेयर बजारहरुको तुलनामा राम्रो प्रदर्शन गरिरहेको छ । यता, जापानको अर्को सेयर बजार सूचक ‘निक्के २२५’ ले पनि ३० हजार विन्दुको मनोवैज्ञानिक रेखा पार गरेको छ । निक्के पनि सन् २०२१ को नोभेम्बर महिनायताकै उच्च विन्दुमा पुगेको हो । जापानको सेयर बजारले सन् १९८९ मा क्र्यास भएयता पुनः अल टाइम हाई विन्दु छुन सकेको छैन ।

Read More
  • EBL Ad news