सेयर बजारमा सकारात्मक माहोल : नेप्से माथि जान थालेपछि कारोबार रकममा पनि आयो तेजी


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा सकारात्मक माहोल : नेप्से माथि जान थालेपछि कारोबार रकममा पनि आयो तेजी

काठमाडौं : सेयर बजारले बल्ल सकारात्मक गति समात्ने संकेत गरेको छ । बिहीबार नेप्से सूचक ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा आएको छ । करिब १ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । 

बुधबारदेखि नेप्से सूचकका साथमा दैनिक कारोबार रकमले पनि उचाई लिन थालेको छ । यसले बजारमा केही सकारात्मक चालहरु देखिन खोजेको जानकारहरु बताउँछन् । 

विशेषतः सूचकले १८०७ विन्दुलाई बारम्बार परीक्षण गरिसकेको छ । यसपटक पनि सूचक सोही विन्दुबाट फर्किएको हो । १८०७ विन्दुबाट बजार तल नजरेपछि बाउन्स ब्याक भएको हो । नेप्सेको उचाई कति हुन्छ वा कुन ट्रेन्डमा वृद्धि हुन्छ भनेर अनुमान लगाउनका लागि भने अझै केही दिनको बजार अध्ययन गर्नुपर्ने विश्लेषकहरु बताउँछन् । 

Read More
  • EBL Ad news