कुमारी बैंकका ग्राहकहरूलाई क्वालिटी सोलुसनमा १५% सम्म छुटको व्यवस्था


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकका ग्राहकहरूलाई क्वालिटी सोलुसनमा १५% सम्म छुटको व्यवस्था

कुमारी बैंक लिमिटेड र क्वालिटी सोलुसन प्रा. लि. बीच कुमारी बैंकका ग्राहकहरूलाई क्वालिटी सोलुसन प्रा. लि. बाट १५% सम्म छुट प्राप्त हुने सम्झौता भएको छ ।

अब कुमारी बैंक का मोबाईल बैंकिङ्ग प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्ड वाहकहरुले क्वालिटी सोलुसन प्रा. लि. बाट विभिन्न क्षमताका उपकरण्हरु खरिद गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । अहिले को वर्तमान परिपेक्षमा आफ्ना ग्राहकलाई यस्ता विद्युत्तिय उपकरणहरु खरिद गर्दा सहुलियत प्राप्त होस् भन्ने उद्देश्यले कुमारी बैंकले यो सम्झौता गरेको हो ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६२ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।