काठमाडौं । माई खोला हाईड्रोपावर लिमिटेडको आईपीओ सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको कुल ३९ लाख २१ हजार ५६८ कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यो शेयर भोलि अर्थात् मंगलवार धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दामा वितरण गरेको ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको १५ लाख २९ हजार ४११ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २० लाख कित्ता गरेर कुल ३९ लाख २१ हजार ५६८ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।






