काठमाडौं । मोदी इनर्जीको आइपीओ वैशाख ३१ गते आइतबार बाँडफाँट भएको छ । उक्त आइपिओमा ५ लाख ६१ हजार २ सय २६ जना आवेदकहरुले १० कित्ताका दरले सेयर हात परेका छन् ।
सो आइपीओमा कुल १२ लाख ३६ हजार २ सय ६९ जना आवेदकले आवेदन दिएकामा ६ हजार ५२८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । कम्पनीले कर्मचारीले आवेदन नदिएको सेयरसमेत थप गरेर सर्वसाधारणलाई ५६ लाख १२ हजार २६० कित्ता सेयर बाँडफाँट गरेको हो ।






