काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ ।
साबिक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जर गर्दा १ः०.८० को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ करोड ६२ लाख २६ हजार ३८१ दशमलव ९६ कित्ता शेयर सूचीकृत भएको हो ।
कम्पनीको शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी मर्जर प्रयोजनका लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुुकुवा गरिएको हो ।






