काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १६.९६ अंकले घटेर एक हजार ८ सय २१ दशमलब ६४ विन्दुमा बन्द भएको हो ।
आज ९० करोड ५ लाख ६३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १६९ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२७.१० रुपैयाँ पुगेको छ । ...






