डिजिटल कारोबारमा उल्लेख्य वृद्धि, एक महिनामै ८ लाख थपिए वालेट प्रयोगकर्ता - Aarthiknews


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिजिटल कारोबारमा उल्लेख्य वृद्धि, एक महिनामै ८ लाख थपिए वालेट प्रयोगकर्ता - Aarthiknews

काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । कोभिड महामारी अगाडि सामान्य रुपमा अगाडि बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढिरहेको देखिन्छ । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भएको हो ।   

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एक महिनाको अवधिमा आठ लाख आठ हजार पाँच सय जना वालेट प्रयोगकर्ता थपिएका छन् । गत फागुन महिनाको तुलनामा चैत्र महिनासम्ममा उक्त संख्यामा नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् । 

गत फागुन महिनासम्म एक करोड ६७ लाख ५१ हजार ७१३ जना वालेट प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता बढेर चैत्र महिनासम्म आइपुग्दा एक करोड ७५ लाख ६० हजार २५३ जना पुगेका हुन् । 

Read More
  • MBL - below news