विदेशमा रहेका नेपालीले पाए २ दर्जन कम्पनीको आइपीओ, तर किन अपेक्षा अनुसार बढेको छैन आकर्षण ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विदेशमा रहेका नेपालीले पाए २ दर्जन कम्पनीको आइपीओ, तर किन अपेक्षा अनुसार बढेको छैन आकर्षण ?

निराजन सापकोटा 

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आरक्षण दिन थालेपछि अहिलेसम्म २२ वटा कम्पनीले आइपीओ बिक्री गरिसकेका छन् । जसमध्ये अहिले घोराही सिमेन्टले  विदेशमा रहेकाहरुलाई आइपीओ बिक्री खुला गरिरहेका छन् । 

बाँकी २१ वटा कम्पनीको आइपीओमा आवेदन दिने समय भने बन्द भइसकेको छ । यता, नेपाल रिपब्लिक मिडियाले यही वैशाख ३१ गते र अप्पर स्याङ्गे हाइडोपावरले पनि जेठ १ गते देखि  विदेशमा रहेका नेपाली श्रमिकलाई आइपीओ बिक्री खुला गर्दैछ । 

नेपाल धितोपत्र बोर्डले गत कात्तिकदेखि वैदेशिक रोजगारीमा रहेकालाई आइपीओमा आरक्षणको व्यवस्था गरेको थियो । स्वदेशमा रेमिटेन्स भित्र्याउनका लागि प्रोत्साहित गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगारमा रहेकालाई आइपीओमा कोटा छुट्याउने व्यवस्था गरेको हो । 

Read More
  • EBL Ad news