आर्टिफिसियल इन्टेलिजेन्समा आक्रामक हुने गुगलको संकेत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आर्टिफिसियल इन्टेलिजेन्समा आक्रामक हुने गुगलको संकेत

काठमाडौँ — गुगलले आफ्नो डिभलपर कन्फेरेन्सका रूपमा वार्षिक आयोजना गर्ने आईओ समारोहको यस वर्षको कार्यक्रममा सामान्यतया नयाँ हार्डवेयर र सफ्टवेयरहरूलाई सार्वजनिक गर्नेसँगै जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी प्रतिस्पर्धामा पछि नहट्ने स्पष्ट संकेत गरेको छ ।

अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले आफूहरूले 'गुगल सर्चसमेत सबै प्रमुख उत्पादनहरूमाथि नयाँ तवरले सोच्न सुरू गरेको' घोषणा गरेका थिए । माइक्रोसफ्टले ओपन एआईसँगको सहकार्यमा च्याट जीपीटी र आफ्नो बिङ सर्च इन्जिनमा एआई सामेल गरेपछि दबाबमा आएको गुगलले आफ्ना नयाँ घोषणामा जेनेरेटिभ एआई प्रविधिलाई उच्च प्राथमिकता दिएको संकेत गरेको छ ।

Read More
  • MBL - below news