नेप्सेमा ९ महिनामा २७१ अर्बको धितोपत्र सुचिकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा ९ महिनामा २७१ अर्बको धितोपत्र सुचिकृत

चालु आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २७१ अर्ब बढीको धिपत्र सुचिकृत भएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा रु.१६५ अर्ब ५६ करोड बराबरको साधारण शेयर, रु.३५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२९ अर्ब १९ करोड बराबरको डिबेन्चर, रु.३१ अर्ब ८४ करोड बराबरको बोनस शेयर, रु.५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु.४ अर्ब ११ करोड बराबरको हकप्रद शेयरगरी कुल रु.२७१ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.१२ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, रु.६ अर्ब ५ करोड बराबरको साधारण शेयर र रु.९५ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.३० अर्ब ३५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

Read More
  • EBL Ad news