ईङवा हाइड्रोपावर आईपीओ बाँडफाँट, भाग्यमानी ९ जनालाई थप एक/एक कित्ता


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ईङवा हाइड्रोपावर आईपीओ बाँडफाँट, भाग्यमानी ९ जनालाई थप एक/एक कित्ता

ईङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबनधक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय ठमेलमा शेयर बाँडफाँट भएको हो ।

कम्पनीको शेयरमा १२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता शेयरको लागि आवेदन दिएको थियो । त्यसमध्ये ४ हजार २८ को आवेदन रद्ध भएका छन् । त्यस अनुसार कम्पनीको आईपीओमा ११ लाख ९९ हजार ९६७ को मात्रै योग्य आवेदन परेका हुन् ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।

त्यस पश्चात बाँकि भएको ९ कित्ता शेयर त्यसमध्येबाट पनि पुन गोलप्रथाबाट थप एक/एक कित्ताका दरले वितरण भएको छ । त्यस अनुसार अधिकतम ११ कित्तासम्म शेयर पाएका छन् ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो । सोमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन ल्याएको थियो ।

Read More
  • EBL Ad news