काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचकमा १० अंकको सुधार देखिएको छ । सो अंकको सुधारपछि नेप्से १८४४ अंकमा कायम भएको छ । कुल ७७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ५ करोड कम हो ।
१६१ कम्पनीको मूल्य बढ्दा ५० कम्पनीको घट्यो भने ८ को स्थिर रहृयो । सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ ३, विकास बैंक २८, फाइनान्स ७, होटल तथा पर्यटन ६५, जलविद्युत् २४, जीवन बीमा ७५, उत्पादन ५८, माइक्रोफाइनान्स १०, निर्जीवन बीमा १०, अन्य ३ र व्यापार उपसमूह २ अंक बढे ।





