१८३३ अंकमा झर्‍यो सेयर बजार, सबै सूचकमा गिरावट


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१८३३ अंकमा झर्‍यो सेयर बजार, सबै सूचकमा गिरावट

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से १८३३ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक १६.९३ अंक घटेको हो । कुल ८२ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ६० करोड ८१ लाख रुपैयाँको धितोपत्र कारोबार भएको थियो । 

३४ कम्पनीको मूल्य बढ्दा १८१ कम्पनीको घट्यो भने ६ को स्थिर रहृयो । सबै उपसमूहका सूचक झरेका छन् । बैंकिङ ६, विकास बैंक १३, फाइनान्स १८, होटल तथा पर्यटन ८४, जलविद्युत् ४३, जीवन बीमा १२१, उत्पादन ३०, माइक्रोफाइनान्स २६, निर्जीवन बीमा १०६, अन्य ८ र व्यापार उपसमूह १२ अंक घटे ।

Read More
  • EBL Ad news