काठमाडौं : मोदी इनर्जीको आइपीओमा १ अर्ब ४३ करोड १२ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम (वैशाख २४ गते) सम्ममा १२ लाख ८६ हजार ६२३ जना आवेदकले १ करोड ४३ लाख १२ हजार ९८० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा २.५७ गुणा बढी आवेदन हो ।
कम्पनीले वैशाख १९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको थियो ।






