काठमाडौं : अमेरिकी सेयर बजार नियामकले धितोपत्र कानुन उल्लंघन गरेको सम्बन्धी गोप्य सूचना दिनेलाई करिब २८ करोड अमेरिकी डलरले पुरस्कृत गरेको छ । नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसइसी)’ को कारवाहीमा गोप्य सूचना दिएर सहयोग गरेकाले प्रोत्साहन स्वरुप एसइसीले २७ करोड ९० लाख डलर दिएको रोयटर्सले जनाएको छ ।
यद्दपि, नियामकले सम्बन्धित मुद्दा र कुन व्यक्ति वा संस्थालाई उक्त पुरस्कार दिएको भने खुलाएको छैन । गोप्य सूचना दिनेलाई प्रोत्साहन स्वरुप दिइएको उक्त रकम हालसम्मकै सबैभन्दा ठूलो भएको रोयटर्सले उल्लेख गरेको छ । उक्त रकम सन् २०२० को अक्टोबर महिनामा जारी गरिएको ११ करोड ४० लाख डलर भन्दा दोब्बर ठूलो हो ।






