घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बिक्री खुला भएको आईपीओमा आइतबार बिहान १० बजे सम्म १३ करोड ५० लाख २८ हजार ३५० सय रुपैयाँको आवेदन परेको छ। वैशाख १९ गते देखि खुला भएको आईपीओमा ८०३१ जनाले ३,१०,४१० कित्ताको लागि आवेदन परेको हो। तर यो आवेदन भने १०० रुपैयाँको होइन। सार्वजनिक निष्काशनको १०%, तथा जारी पूँजीको १.९०% ले हुन आउने जम्मा रकम रु. ७,५४,६६, १००/ बराबरको अंकित मूल्य रु.१००/ प्रिमियम बापत रु.३३५/- थप गरि प्रति सेयर रु.४३५/- को दरले ७,५४,६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिएको छ।






