काठमाडौं । ईङवा हाइड्रोपावरले आईपीओ बाँडफाँडको मिति तय गरेको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बैशाख २७ गते बुधबार बाँडफाँड हुने भएको हो । बाँडफाँटको समय भने तय नभएको जनाइएको छ ।
आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलप्रथाबाट बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५९ हजार ९ सय १ कित्ताको लागि आवेदन परेको छ । जसमा १ लाख २६ हजार ८ सय ६३ जना आवेदकले आईपीओ पाउनेछन् भने बाँकी रहेका १ लाख ३३ हजार ३८ जनाको हातखाँली हुनेछ ।






