काठमाडौँ — साता कारोबारको अन्तिम दिन सेयर बजारका सबै सूचक बढेका छन् । यस दिन नेप्से परिसूचक १२.७ अंक बढेर १८६९ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ११ करोड बढेको छ । दिनभर कुल ७३ करोड २६ लाख रुपैयाँको कारोबार भयो ।
कुल १६२ कम्पनीको मूल्य बढ्दा ५० को घट्यो भने ६ को स्थिर रहृयो । बैंकिङ ४, विकास बैंक २२, फाइनान्स २०, होटल तथा पर्यटन २६, जलविद्युत् २९, जीवन बीमा ५०, उत्पादन २६, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा १३१, अन्य १२ र ब्यापार उपसमूह १४ अंक बढे । लक्ष्मी लघुवित्तको ९, सयपत्री हाइड्रोको ८, आत्म निर्भर लघुवित्तको ८ र मनकामना स्मार्ट लघुवित्तको मूल्य ७ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नबिल बैंक संस्थापक, शिवम् सिमेन्ट, नबिल बैंक, हिमाल दोलखा हाइड्रो र एभरेस्ट बैंक क्रमशः अगाडि रहे ।





