नयाँ ब्रेकआउट सहित भुटानको सेयर बजार बुल रनमा प्रवेश, डेढ महिनामा १५ प्रतिशत बढ्यो इन्डेक्स


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नयाँ ब्रेकआउट सहित भुटानको सेयर बजार बुल रनमा प्रवेश, डेढ महिनामा १५ प्रतिशत बढ्यो इन्डेक्स

काठमाडौं : लामो समयदेखि साइडवेजमा रहेको भुटानको सेयर बजार ब्रेकआउट सहित बुल रनमा प्रवेश गरेको छ । प्राविधिक विश्लेषकहरुका अनुसार ११ सय अंकको बलियो अवरोधलाई ब्रेक गर्दै बजार बुल रनमा प्रवेश गरेको हो । 

सन् २०२० देखि बजार साइडवेजमा थियो । तर अहिले ११ सय विन्दुको अवरोधलाई पार गर्नासाथ बजार बढ्ने क्रम तीव्र बनेको छ । त्यहाँको रोयल सेक्युरिटिज एक्सचेन्ज अफ भुटान गत ३ महिनाको समयअवधिमा १०५० देखि ११ सय विन्दुबीच फन्फनी घुमिरहेको थियो । 

पुरानो अवरोधलाई ब्रेक गर्नासाथ बजार तीव्र गतिमा बढ्न थालेको हो । इन्डेक्स करिब डेढ महिनामा १५% भन्दा धेरैले बढिसकेको छ । 

Read More
  • EBL Ad news