बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर सूचीकृत भएको छ।
कम्पनीको ७६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्कासन गरेको ७ लाख ६० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताहरूलाई निष्कासन गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरू सहित) १५ लाख २० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ५३ लाख २० हजार कित्ता सहित उक्त सेयर नेप्सेमा सूचीकृत गरेको हो।





