नेप्सेले ल्याउन लाग्यो 'नेप्से ३० इन्डेक्स', कसरी हुनेछन् कम्पनी छनोट?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेले ल्याउन लाग्यो 'नेप्से ३० इन्डेक्स', कसरी हुनेछन् कम्पनी छनोट?

केही वर्षदेखि नेप्सेले ल्याउन लागेको नयाँ परिसूचक 'नेप्से ३० इन्डेक्स' ल्याउने तयारी गरेको छ।

यसका लागि नेप्सेले तयार पारेको यस्तो सूचक गणना विधि लगायतमा लगानीकर्ता सहित सरोकारवालाहरूसँग नेप्सेले राय सुझाव मागेको छ।

'नेप्से ३० इन्डेक्स' बजारमा तत्काल कारोबार योग्य रहेका सेयरहरूको बजार पुँजीकरणको आधारमा तयार पारिन लागिएको हो। 

नेप्सेले प्रति सेयर चुक्ता मूल्यभन्दा प्रति सेयर कितावी मूल्य बढी भएको, पछिल्लो तीन आर्थिक वर्ष ३ वर्ष खुद नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रहेको र त्यही वर्षको मूल्यवृद्धि दरभन्दाबढी भएको कम्पनीहरूलाई यो इन्डेक्स तयार गर्दा राखिने प्रस्ताव गरेको छ।

Read More
  • EBL Ad news