धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज छनोट गर्न मूल्यांकन समिति बनाएसँगै अधिकांश लगानीकर्ताहरू सकारात्मक छन्।
नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि बोर्डमा हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ।
तर, धेरैमा यी संस्थामा सूचीकृत हुने कम्पनीको सेयर डिम्याट र राफसाफ प्रणाली कस्तो हुन्छ भन्नेमा अन्योल नै छ। हाल नेपालमा एक मात्र स्टक एक्सचेन्ज छ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)।
नेप्सेकै स्वामित्वमा रहेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले लगानीकर्ताहरूको सेयर अभौतिकीकरण रुपमा राख्ने (डिम्याट गरिदिने) र तिनको कारोबारको राफसाफ गर्ने गरिरहेको छ।






