सेयर बजार १८६६ अंकमा झर्‍यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजार १८६६ अंकमा झर्‍यो

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से १८६६ अंकमा झरेको छ । अघिल्लो कारोबार दिन १८७० अंकमा रहेको नेप्से आज ४.२७ अंक घटेको हो । कुल ६९ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

अघिल्लो कारोबार दिन ९५ करोड ४३ लाख रुपैयाँको भएको थियो । ६८ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो भने ७ को स्थिर रहृयो । बैंकिङ १, जलविद्युत् २०, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा २६ र ब्यापार उपसमूह ३१ अंक घटे । विकास बैंक १, फाइनान्स २, होटल तथा पर्यटन १०, जीवन बीमा ४, उत्पादन उपसमूह ९ र अन्य ०.२ अंक बढे ।

Read More
  • EBL Ad news