प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको सिटिजन लाइफको खुद बीमाशुल्कसँगै नाफापनि सामान्य बढ्यो, अन्य सूचक कस्तो?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको सिटिजन लाइफको खुद बीमाशुल्कसँगै नाफापनि सामान्य बढ्यो, अन्य सूचक कस्तो?

प्रिमियम मूल्यमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न लागेको सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क सामान्य बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कम्पनीको खुद बीमाशुलक ३.७१ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ६१ करोड २३ लाख रुपैयाँ, बीमालेख धितोमा ४८ करोड १७ लाख रुपैयाँ लगानी गरी ३ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बीमाशुल्कसँगै कम्पनीको खुद नाफा पनि २.६० प्रतिशतले बढेर १५ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १४ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।

Read More
  • MBL - below news