घोराही सिमेन्टको आइपीओ भर्ने दिन नजिकिएसँगै लगानीकर्ता घोराहीको आइपीओ भर्ने कि शिवम सिमेन्ट किन्ने भन्ने दोधारमा देखिएका छन । मेरो लगानीले दुवै कम्पनीको वित्तीय विवरण विश्लेषण गरेको छ ।
शिवम सिमेन्ट भन्दा घोराही सिमेन्टको प्रिमियम मूल्य उच्च छ । शिवमलाई ४ सयमा शेयर निष्काशन गर्न अनुमति दिइएकाे थियाे । तर, आइपीओ नबिक्ने डरले ३ सय रुपैयाँमा बिक्री भएको थियो अहिले घोराहीले भने ४ सय ३५ रुपैयाँमै आइपीओ निष्काशन गर्दैछ।
अहिले नेटवर्थको आधारमा तुलना गर्दा घोराही सिमेन्ट केही राम्रो देखिएको छ । घोराहीको चालु आवको पहिलो ६ महिनासम्मको प्रति शेयर नेटवर्थ २ सय २७ रुपैयाँ १० पैसा छ भने शिवमको २०६ रुपैयाँ ८४ पैसा मात्रै छ ।
घोराहीले जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्दैछ भने शिवमले १२ प्रतिशत मात्रै सर्वसाधारणमा निष्काशन गरेको थियो । आइपीओ निष्काशनपछि चालु आवमा घोराहीले ११ रुपैयाँ ६५ पैसा प्रति शेयर आम्दानी पु-याउने बताएको छ भने शिवमको चालु आवको पहिलो ६ महिनाको वार्षिकीकृत प्रति शेयर आम्दानी झन्डै १५ रुपैयाँ छ ।






