काठमाडौँ — साताको पहिलो दिन सेयर बजारका सबै सूचक झरेका छन् । बजारको समग्र परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १९.११ अंक घटेर १८७० अंकमा कायम भएको छ । कुल ९५ करोड ४३ लाख रुपैयाँको कारोबार भयो । २६ कम्पनीको मूल्य बढ्दा १८९ को घट्यो भने ४ को स्थिर रहृयो ।
बैंकिङ ९, विकास बैंक ४२, फाइनान्स २०, होटल तथा पर्यटन २६, जलविद्युत् ४५, जीवन बीमा ८७, उत्पादन ४१, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ४६, अन्य १८ र ब्यापार उपसमह ३५ अंक घटे । मिथिला लघुवित्तको मूल्य सबैभन्दा धेरै २.५ प्रतिशत बढ्यो भने अपर सोलु हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, तारागाउँ रिजेन्सी, नबिल बैंक र ओरियन्टल होटल क्रमशः अगाडि रहे ।





