काठमाडौं : इङवा हाइड्रोपावरको आइपीओ ९५ करोड २१ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार (वैशाख १५ गते) साँझ ५ः०३ बजेसम्ममा ८ लाख ६१ हजार १९५ जना आवेदकले ९५ लाख २१ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७.५० गुणा बढी आवेदन हो । कम्पनीले बुधबार (वैशाख १३ गते) देखि सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६३९ कित्ता सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले कुल १८ लाख कित्ता आइपीओमध्ये स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ५% अर्थात् ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो । यसमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।





