बुक बिल्डिङको लागि सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङकाे नयाँ मूल्य कन्फर्म गर्दै ग्लोबल आइएमइ क्यापिटल बाेर्ड जाँदै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बुक बिल्डिङको लागि सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङकाे नयाँ मूल्य कन्फर्म गर्दै ग्लोबल आइएमइ क्यापिटल बाेर्ड जाँदै

सुवास निरौला

बुक बिल्डिङ प्रक्रिया अघि बढाएको ग्लोबल आइएमइ क्यापिटल दुई साता भित्र पुन: धितोपत्र बोर्ड जाने भएको छ। यसअघि योग्य संस्थागत लगानीकर्ता क्युआइआइले कबोल गरेको मूल्यलाई रि कन्फरमेशन गर्दै बोर्ड जाने भएको हो।

“यसअघि तय गरेको मूल्यमा क्युआइआइ शेयर लिन मन्जुर हुने/नहुने कन्फर्म गरेर आउन धितोपत्र बोर्डले भने बमोजिम कन्फर्म गर्ने काम तीव्र रुपमा अघि बढिरहेको छ।धेरै जसोले लिने नै भन्ने आशयको पत्र पठाइरहेका छन् भने केहीको अझै आउनै वाँकी छ। सम्भवतः दुई सता भित्र सबैको पत्र आएपछि हामी बोर्ड जाने छौ” ग्लोबल आइएमइ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले मेरो लगानीसँग भने।

ढकालका अनुसार यसअघि योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न इजाजत नपाएका तर अहिले भने योग्य रहेका संस्थाहरूले बोलकबोलमा सहभागी हुने मनसाय समेत प्रकट गरिरहेका छन्। तर उनीहरूलाई समावेश गर्न पाउने नपाउने बरेमा बोर्डकै सहमति चाहिन्छ ।

यता,बोर्डले भने जति सक्दो छिटो बुक बिल्डिङ प्रक्रिया टुङ्ग्याउने बताउँदै आएको छ। बोर्डले प्रस्ताव आए लगत्तै प्रक्रिया अघि बढाउने बताएको छ। “हामीले योग्य संस्थागत लगानीकर्ताबाट पुन: मूल्य कनफर्म गरेर आउन भनेका छौ। त्यो आए लगत्तै बुक बिल्डिङ प्रक्रिया टुङ्गो लाग्छ। जति छिटो कम्पनी आउँछ। त्यति नै छिटो प्रक्रिया टुङ्गिन्छ” बोर्डका एक कार्यकारी निर्देशकले भने।

वास्तविक क्षेत्रका कम्पनीलाई छिटो बजारमा उतार्ने बोर्डको योजना अनुरूप धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रियामा रहेका दुई कम्पनीलाई मूल्य पुनरावलोकन गरेर आउन निर्देशन दिएको थियो।सोही निर्देशन अनुसार क्यापिटल दुई साता भित्र मूल्य पुनरावलोकन गरेर जान लागेको हो।

Read More
  • EBL Ad news