नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो

१४ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से २.२७ अंकले घट्दा १८८९.७३ विन्दुमा बन्द भएको छ ।

बिहीबार नेप्सेमा २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनेबच हुँदा ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ । बुधबार ८४ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका कम्पनीमध्ये ६५ कम्पनीको सेयर मूल्य बढ्यो । सिटिजन्स म्युचुअल फन्ड २, तेह्रथुम पावर कम्पनी, तारागाउँ रेजेन्सी होटल लिमिटेड, सुपरमादी हाइड्रोपावर लिमिटेड, आरबीबी म्युचुअल फन्ड १ लगायतका कम्पनीका लगानीकर्ताले धेरै नाफा कमाए ।

Read More
  • EBL Ad news