काठमाडौं : माई खोला हाइड्रोपावरको आइपीओमा १ अर्ब ४८ करोड ७ लाख ७५ हजार रुपैयाँको आवेदन परेको छ । यसमा आज अन्तिम दिन (वैशाख १२ गते) सम्ममा १३ लाख ३१ हजार २३८ जना सर्वसाधारण आवेदकले १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका हुन् । यो मागभन्दा ११.६६ गुणा बढी आवेदन हो ।
कम्पनीले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको थियो ।






